Wednesday, February 2, 2022

~नियती~

ढकमक्क फुल्ने 
कोपिलाहरुको 
रहर देखेर, 
केही वृद्ध फुलहरुले
 मन्द पवनको
 एक झोंक्कामै 
आफ्नो प्राणको 
आहुती दिए! 

तिनै हाँगाबाट
 झरेका फुलहरुले 
आज सम्झाइरहेछन् 
मेरो अस्तित्व, 
मेरो अतीत! 

जस्तो कि
तिम्रो खुशीको खातिर, 
मैले कसरी 
आफ्ना खुशीहरुको 
निर्मम हत्या गरेथें भनेर…!
















(दिनांक: २०७८ माघ १८, वुधबार)