[ कथा ]
शुन्यान्तर
कोठा
अध्यारो र निकै चिसो छ । दक्षिण तिरको ढोकाको चरबाट सानो रोषनीको उज्यालो जस्तो
भित्र पस्ने चेष्टा गरिरहेझैं भान हुन्छ । त्यही सानो उज्यालोको एउटा मसिनो
त्यान्द्रोलाई म आफ्नो सम्पुर्ण सुर्य ठानेर न्यानोपनको वोध गर्छु । ममा कुनै
हिनतावोध छैन कुनै पश्चातापको झिल्को सम्म छैन । कुन कुराको प्रेरणाले मलाई
उर्जावान बनाईरेहेको छ – अँह मलाई केही पनि थाहा छैन । म अहिलेको समय अन्दाजसम्म
गर्न सक्दिन किनकी बाहिर र भित्रको भिन्नता छुट्टाउने परिस्थित मसंग छैन । भित्रको
वस्तुस्थिती संग जति न अनभिज्ञ छू त्यति नै म बाहिरको स्थितीसंग अज्ञात छु । समय
छुट्टाउन म घडी हेर्न सक्थे तर मसंग त्यो पनि छैन । मलाई समयसँग कुनै सरोकार
छैन-बरु म अचम्मित यस कुरामा छू कि मलाई भोक-प्यास किन लागिरहेको छैन ।
म
चाहन्छु कि कुनै आवाज आओस् ताकी म समय र स्थानको निराधार अनुमान गर्न सकु तर अफसोच
बाहिर भित्र कुनै आवाज छैन । म आफैलाई प्रश्न गर्छू – यस्तो महाशुन्यमा मेरो
अस्तित्व कसरी रहन गयो ? म त्रीकाल देखी नै अज्ञात छु, मलाई भुत वर्तमान र भविष्यको कुनै
ज्ञान छैन । मलाई यत्तिमात्र थाहा छ – अहिलको मेरो वर्तमान बडो रहस्यमय र अज्ञात छ
। कुन तत्वले मलाई यहासम्म ल्यायो मलाई थाहा छैन ।
मेरो
स्मृतीमा यस्तो कुनै कर्ण पनि छैन कि जसलाई आधार मानेर म मेरो अस्तित्वको
मुल्याङ्कन गर्न सकु – अनि आफु हुनुको अर्थ बुझ्न सकु । चिसो अझै बढेजस्तो महसुस
भयो तर मलाई न्यानोको कुनै आवश्यकता छैन । मेरा ईन्द्रियहरुले भुँइको चिसोपन र
कोठा भित्रको व्याप्त शुन्यता सजिलै महसुस गर्न सक्छन् । एउटा वृतकार अध्यारो,
चिसो र शुन्य कोठामा कमिला जसरी फनफनी घुमिरहनु मेरो सार हो – मेरो दैनिकी हो ।
परबाट
कोही आईरहजस्तो मलाई लाग्छ म केही सतर्क हुन खोज्छु आफुलाई केही सहज बनाउन खोज्छु
तर यसको के प्रयोजन छ ? । मानव पदचाप विस्तारै म तिर तन्किदै छ, खाली भुँइमा
चिप्लीरहेका एकजोर खुट्टाको आवाज म सजिलै सुन्छू । अब त्यो आवाज ढोकातर्फ बढ्दै छ
। केही सेकण्डको अन्तरालमा ढोका खोलिन्छ अनि एउटा कालो मानव आकृती मेरा सामुन्ने
ठिङ्ग उभिन्छ । उसको पहिचान छैन, कालो यो निष्पट अध्यारोमा उसको अनुहार चिन्न म
सक्दिन । उ खानाको थाली भुँइमा राखेर कोठाबाट बाहिरन्छ – म फेरी एक्लीन्छु ।
भुईमा
राखिएको खानाको थाली देखेपछी मलाई वोध भयो मलाई भोक थिएन । भोकको अनुपस्थितीमा
भोजन निष्काम हुन्छ । मलाई फेरी पनि वोध भयो मलाई प्यास पनि छैन । म आफुलाई केही
सहज पार्दै बस्न खोज्छु तर हातखुट्टा बाँधिएका छन् । म किंकर्तव्यविमुढ भएर
एकोहोरो श्वाँ श्वाँ गरिरहेको आफ्नै श्वासप्रस्वासको क्रियालाई म अनुभव गर्न
थाल्छु ।
मलाई आज ज्ञान भईरहेछ समयको वोध र महत्व यसकारण हुन्छ : हामी दिन र रातको भेद छुट्याउन सक्छौं गुज्रीएका समयका टाटाहरु हाम्रा मस्तिष्को सेक्टरहरुमा भिआईपी फाईल बनेर सेभ भएर बसेका छन् जसलाई हामी चाहेर पनि डिलीट गर्न सक्दैनौ अनि हामी प्रस्टै देख्न सक्छौ दिनप्रतिदिन खुम्चिदै गएका अनुहारको छाला जसलाई प्रत्येक मान्छे बुढेसकालको यथेष्ट प्रमाण स्वरुप आफ्नो अनुहारमा धारण गर्छ । म भित्र एउटा मरुभुमी छटपटाएको छ, एउटा सिंगो पहाड झरेको छ । म स्पस्टै देख्दछु मेरा जीवनका ‘unordered’ श्रृङ्खलाहरु जसलाई म आफुले चाहेर पनि लयवद्ध गर्न सक्दिन/सकिरहेको छैन । मेरा जीवनका श्रृङ्खलाहरु कहिल्यै योजनावद्ध भएर घटित भएनन्, ति खण्डित श्रृङ्खलाहरु आज मेरै अस्तित्वको उपहास गरिरहेछन् ।
एउटा निश्चित बिन्दुमा पुगेपछी जिन्दगी दर्शनमय बन्दो रहेछ । त्यो म उमेरको उपहार सम्झु वा जिन्दगीलाई बुझ्ने साहित्यिक मानसिकता त्यो म तोकेर भन्न सक्दिन । आयुको डोरी काटिरहने प्रत्येक यि सेकेण्ड मिनेट घण्टा र दिन र दिन पछी आउने गोधुली साँझहरु कहिले उत्सव लाग्छन् त कहिले अत्यासलाग्दो सजाय भोग्ने कारागार । आजभोली म हरेक वस्तुहरुमा अर्थ खोज्न थालेको छूु। सिलीङमा झुन्डिएको पंखा, सुकेको त्यो सिंगो भोगटेको रुखलाई हल्लाएर जाने त्यो हावाको झोक्का....सबै सबैमा म अर्थ खोज्न थालेको छु । अब बाहिर आकाश गर्जिन थालेको छ सायद पानी पर्नलाई होला । कुन महिना हो म अनुमान गर्न सक्दिन । हुनसक्छ आजको वर्षातको प्रयोजन धुलोको आवरणले ढाकेका सेताम्मे रुखहरुलाई स्नान गराएर टिलिक्क टल्काउनु छ । हुनसक्छ पानीको प्यासमा चिरिएका धर्तिको भाँजा भिजाउनु छ । हुनसक्छ पानिको पर्खाईमा बसेका भोका किसानहरुको अनुहारमा उज्यालो रंग पोत्नु छ । आजको वर्षातको पर्योजन जेपनि हुनसक्छ । सानो छदा पानिमा भिज्नु कति मज्जा आउथ्यो त्यो म कसरी वर्णन गरु ।आकाशबाट झरझर पानि पर्न थालेपछी हामी आगनमा जम्मा हुन्थ्यौं । घण्टौसम्म पानिमा भिजीरहदा चिसो लाग्थ्यो अनि आमा झपार्नुहुन्थ्यो । साँझ बा घर फर्कनुभन्दा पहिल्यै आमा मलाई तोरीको तेल तताएर टाउकोमा घसिदिनुहुन्थ्यो, ममताले न्यानो गराईराख्नु हुन्थ्यो । म लुसुक्क परेर आमाको काखमा निदाइदिन्थे ।
म वास्तविकतामा फर्किन चाहन्छु - म चाहन्न कि आफ्नै वैचारिक द्वन्दमा फसेर फजुलमा आफ्नो उर्जा नष्ट गरु । अनि उर्जा ? कुन तत्व हो ? आखिर मैले उर्जा सन्चय गर्नुको के प्रयोजन छ ? किन शुन्यवादी विचार ममा यसरी पलाईरहेको छ ? म यसो भनेर अहिले चलिरहेको विचारका श्रृंखलाहरुलाई पन्छाउन पनि त सक्दित - किनकी मसंग त्यस्तो तागत छैन जलाई म जन्क फाईल ठानेर परमानेन्ट्ली डिलीट गर्न सकु वा भनु रद्दिको टोकरीमा फाल्न सकु ।

....क्रमश..
No comments:
Post a Comment