ह्विलचेयरमा बस्नेलाई लाग्दो हो निकै लामो छ । राजगद्दीमा बस्नेलाई लाग्दो हो जिन्दगी कति छोटो ! जिन्दगी प्रतिको दृष्टिकोण र परिभाषा समय र परिस्थिति अनुसार निर्धारण हुने रहेछ ।
यी एकजोर नयनहरु केवल सपना जन्माउने कोख मात्रै होइनन् ; अधुरो र अपुरा सपनाहरूको मृत्यु हुने समाधिस्थल हुन्, सपनाहरू हत्या हुने बधशाला हुन् !
कुदिरहेछन् बडो वेगसंग अनियन्त्रित भई मानव- विचारका यी अनगिन्ती 'सवारी' हरु सांसरिक 'भ्रम'को यो फराकिलो हाइवेमा । यस्तो लाग्छ मानौ चालक मन बेहोस प्रायः छ अनि दुर्घटना निश्चित ।
चिसो कोठामा बसेर मैनबत्तिको मधुरो प्रकाशमा किताबका अक्षरहरु टिप्ने प्रयास गर्दैछन् मेरा थकित आँखाहरु । म यो शुन्यतामा कुन युद्ध लडिरहेछु, म आफै अनुत्तरित छु । -प्रश्नहरु भोका छन् ।
जिन्दगी कठिन परिक्षा हो तर अधिकांश मान्छेहरू फेल हुन्छन किनकि उनीहरु अरुको नक्कल गर्छन् , उनीहरुलाई के थाहा प्रश्नपत्र सबैको फरक फरक हुन्छ !
कति धेरै अव्यक्त कुराहरू छन् तिमिलाई सुनाउनुपर्ने तर यो मन डराउँछ कतै तिमि टाढिने पो हौ कि भनेर । अर्को डर यो पनि छ कि कतै मेरा यी इच्छाहरु मेरा अधुरा कथा बनेर नछापिउन् , गित बनेर नगुञ्जियोस् ……। -तिमिलाई माया गर्ने मान्छे
No comments:
Post a Comment