Tuesday, June 11, 2019

'क्षणभङ्‍गुरता' ~ [कविता]

अहो ।
माथी बादलका गुच्छाहरु
कसरी हलुकासंग उड्छन्
फेरी
निमेषभरमै क्रोधित भएर वेगसंग
आपसमा
ठोक्किदै, गर्जिदै
पत्थर जस्तै बनाएर आफुलाई
निर्ममतापुर्वक वर्षन आइपुग्छन्
दर्जनौ सपनाहरु बोकेका टाउकाहरुमाथी
असिना बनेर ।

जो हिजो अमृत वर्षा बनेर
प्यासी फुलका जराहरु
सिचिंत गरायो ।
कोपिला फक्रायो ।
धुलो पखाल्यो ।

आज असिना बनेर खसिरहेछ
निर्दोष-फुलहरुमाथी
गरिरहेछ बिद्रोह
निरीह जीन्दगीहरुमाथी
चट्याङ खसाएर ।
तर्साईरहेछ-
ममताको काखमा गुटमुटिएर
निदाउन आटेका बाल हृदयहरु ।

बडो अचम्मित भइरहेछु म-
समयको यो क्षणभङ‍्गुरता देखेर
भित्र र बाहिरका तिम्रा अनेकौं
रुप स्वरुप देखेर ।

प्रीय ।
धेरै प्रश्न अनुत्तरित छाडेर
तिमी यसै हरायौ
त्यो धुमिल क्षितीजपारी
कसैको हात समाएर ।
म यता भुइँमा पल्टेर
बादलका अवशेष हेर्दै
कविता लेखिरहेछु ।
समयको क्षणभङ्‍गुरता माथी
प्रश्न गरिरहेछु- मुर्ख बनेर ।।







6 comments:

  1. Replies
    1. बडो खुशी लागिरहेछ, आज तिमिले मेरो कविता पढ्यौ…😌😌

      Delete
  2. वाह् वाह अत्यन्तै मार्मिक सब्द श्रीजना ले भरिपूर्ण छ मिठो लाग्यो अझै कलम तिखो होस सुभकामना तपाइलाइ

    ReplyDelete
  3. बडो मार्मिक शब्द�� एक्दम राम्रो लाग्यो ����

    ReplyDelete
    Replies
    1. मुरी मुरी धन्यावाद यारा ।। :)

      Delete