अतितको
कुनै एउटा
धमिलो गोधुली साँझ
टेकेर पहाडको हरियो छातीमा
गरेथ्यौ घन्टौसम्म हामिले
प्रेमील वार्तालाप
त्यो साँझ तिमीले प्रशंसा गरेथ्यौ,
पहाडको
आकाशको
बादलको
र जूनको ।
काला र सेता बादलका
टुक्रालाइ आपसमा बाँड्यौ
र बनायौँ
वायुपंखी घोडा
अनि उड्न थाल्यौ
कल्पनाको विशाल गगनमा।
निमेषभरमै
त्यही बादल
दर्किएपछी झरी बनेर
झस्किएथ्यौ हामी।
त्यसछी
तिमीले गित सुसेल्यौ
झरीको लयमा
म डुब्दै गए
तिम्रो प्रेममा ।
वर्षौपछी
आज म ठिक त्यहीँ उभिएको छु
तिमी र मैले टेकेको
एक टुक्रा जमीनमाथी
किनकी मलाइ
पुरानो एउटा
घाउ बल्झाउनुछ।
आफुलाई कहिकतै
अल्झाउनुछ
र रुझ्नुछ
आँसुको झरीमा.....
No comments:
Post a Comment