म आज बुज्दैछु ,
सानो छदा
मेलामा जाँदा
म मेरो बाउको हात छोडेर ,
एक टकले
खेलौना वाला मोटरसाईकल हेरीरहे ,
हो त्यै बेला बाले मलाई आफ्नो काँधमा चडाए र
आफ्ना कानका दुई लोती मलाई समात्न लगाए ,
मैले भुरभुरभुररररर गरे ,
मेरा बा दगुर्दै पर गए !
मेरा लागी तब त्यो खेलौना नपाएको गुनासो थियो ,
तर जब आज म मेरा बाउको खिया लागेको काँध देख्छु ,
म मेरो जवान काँध हेर्छु र फेरी बा लाई हेर्छु टलुटुलु
किनभने ,
भोली मैले पनी मेरा बालाई काँधमा चडाउनु पर्नेछ ,
त्यसैले आज म सोध्न चाहान्छु बा के तपाईलाई जिन्दगी देखी केही गुनासो छ ?
के तपाँईलाई मेरा अनगिन्ती सपनाहरु प्रती केही गुनासो छ?
आज म साँचिकैको मोटर जती पनी चढ्न सक्छु
तर मेरो बा को काँध चढ्न सक्दिन !
किन भने ,
मेरो बाको शरीर चल्न चाहीने पेट्रोल कतै पाँईदैन !
कहिले काँही सोच्दछु यिनै कुराहरु ,
रोक्न खोजे पनी आँशु आँखा भित्र बस्नै मान्दैन !
सुन्दर अती सुन्दर साथी, महिमा पुर्ण छ ।
ReplyDelete