Friday, June 7, 2019

" वात्सल्य"- [कविता] - बिनोद देउवा



तिम्रै वात्सल्यमा रहेरै त हो
म तिमी भएको र
तिमी म भित्र रहेको !
विवश भए !
बाध्य भए,
र बाँधिए नयाँ बन्धनमा ।
कती सजिलै निष्ठुरी हुँदै प्रश्न गर्यौ तिमीले,
" छोरा नढाँटी भन त,
आजभोली तलाई मेरो याद कती पटक आँउछ ?
" आमा  ! के योवन ,चुम्बन र अँगालोहरुले ,
काख , कोख र जिवन बिर्सिन्छ ?
आँउछ नी याद त ,
आईरहन्छ सास फेरी जसरी !
तर आमा , म अंक ,गणित र गन्तीहरु
केही पनी जान्दीन !



No comments:

Post a Comment