त्यो रात दिल
खोलेर आकाश रोएपछी
बादलको घुम्टो
पन्छाएर 'जून' मुस्कुराएथ्यो
र मैनवत्तिको मधुरो
प्रकाशमा
एउटा कविता लेखेथे
आज त्यही कवितामा
पाउदैछु - आफ्नै प्रतिविम्व
मेरा
स्मृतिका विस्मृत श्रीङ्खलाहरुमा ।
अहो ! समयले पनि कति छिट्टै रंग फेरिसकेछ
कति
छिटै फेरिएछन पालुवाहरु
कति छिटै बदलिएछन्
यी मान्छेहरु
तर
बदलिएनन्
यी पिडाका
शृङ्खलाहरु
फेरिएनन्
कालकोठरीका चिसा रातहरु
पलाएनन्
फेरि उमंगका टुसाहरु
।
मात्र
दुखका प्रकार फेरिए,
आँसु खसाल्ने शैली
फेरियो ।
केवल चोट दिने
पात्रहरु फेरिए ।
हृदयलाई मैन बनाएर
सोच्दै छु
म पनि त्यो पत्थरको
शालिक भैदिएको भए
कम्तिमा
बाच्नुपर्ने थिएन होला
आखाभरी समुन्द्र
बोकेर
छातिभरी पहिरो बगाएर
हृदयभरी ज्वालामुखी फुटाएर
हिजो फेरी त्यसैगरि
गर्जीयो आकाश
भयो काला बादलहरुको
घमासान युद्दपछि - अतिवृष्टी
फेरि सिन्चित भए धुजाधुजा गरि फाटेका जमिनहरु
पखालियो
धुलाम्मे सडक र मुक वृक्षहरु ।
फरक यत्ति छ,
पहिले
तिमी थियौ,
आज मौनता छ
पहिले तिमी फुल्थ्यौ,
आज क्याक्टस फुलेको
छ
चुपचाप चुपचाप मेरा
कहानी सुनिदिने बहिरा भित्ताहरु छन्
आर्यघाट जस्तै
लाग्ने एष्ट्रे छ
वस् !
फोक्सोले
कर्तव्य बिर्सेको छैन
रक्तसञ्चार रोकिएको
छैन ।।
सुन्दर छ । बिष्मातपुर्ण भए पनि शब्दहरुको गहिराइ र कविताका को भावले पढ्नमा रमाइलोपन छ।
ReplyDeleteधन्याबाद मित्र मिठो सुझावका निम्ती
Deleteअहो मित्र राम्रो लाग्यो आगामी दिनहरुमा पनि आफ्नो कलमलाई निरन्तरता दिनुहोला धन्यवाद।
Deleteअहो मित्र राम्रो लाग्यो आगामी दिनहरुमा पनि आफ्नो कलमलाई निरन्तरता दिनुहोला धन्यवाद।
Deleteअहो मित्र राम्रो लाग्यो आगामी दिनहरुमा पनि आफ्नो कलमलाई निरन्तरता दिनुहोला धन्यवाद।
DeleteThis comment has been removed by the author.
DeleteThis comment has been removed by the author.
Delete