Sunday, April 18, 2021

कविता- "ऐठन"




हरेक विहान

म झस्किरहन्छु

एउटै भयानक सपनाले;

किनकि म देख्छु

कुरुक्षेत्रमा

शसस्त्र बन्दुकधारी 'बुद्धहरु'

र कतै देख्छु

पिपलको बोटमुनि

शान्त र ध्यानस्त 'हिटलरहरु' !



No comments:

Post a Comment