Saturday, June 22, 2019

(कविता) -अनावरण- अन्जना बस्नेत

कन्कालभित्र
लत्रिएको तमाम अभिमानहरु
तिमिले छुन सक्दैनौ 
जसरी आकाशको शरीरलाई 
हामी स्पर्श गर्न सक्दैनौँ ।


नभन हे 
बिचारश्रङ्खलाका नालायक पात्र हो 
कि म चिहानको खटिया पर्खिरहेछु ।
म त केवल आत्माको सनातन नाटकको निर्देशन गरिरहेछु
समाएर आफ्नो ध्यान सुन त, 
सहअस्तित्व घुमिरहेछ फनफनी 
यताकता निरर्थक लागेको जीवन ।


रोक्न 
कहाँ सक्यौ र तिम्ले जन्मनुबाट,  
त्यसैले दुःख नगर ! 
पटक्कै नगर ! 
त्यो चक्रको वेग रोक्न 
तिम्रा सुकेका तृष्णाले 
 मृत्युतुल्य स्वादले
नभए 
आँधिमा झै कहालिएको 
आवजलाई सुनिरहन्छ 
चक्रबिन्दुको मेरो दृश्यले मात्र सुनिरहन्छ 
हो सुनिरहन्छ ।।

- अन्जना बस्नेत (अन्जनात्मक गल्ती)




स्तो पनि भयो । एकपटक मलाई एउटा अपरिचीत फेसबुक आइडीबाट फ्रेन्ड रिक्वेस्ट आयो । धेरैपटक फेक आइडीहरुले सताएका कारण जोकोही को रिक्वेस्ट हत्तपत्त स्वीकार गरिहाल्ने बानि छैन मेरो । प्रोफाईल राम्रोसंग चेक गरेपछी फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरे । प्रोफाईल पिक्चरमा निकै कम उमेर लाग्ने किशोरी थिइन् । म्युचुअल फ्रेन्ड पनी कोही थिएनन् । एकदुइवटा पोष्ट हेर्दा लाग्यो उनी साहित्य प्रेमी हुन् । कुरा बुझ्न मैले नै वार्तालापको शुरुवात गरे - र पठाए " Hi " उताबाट जवाफ आयो "Hello"
 उनि साच्चिकै म भन्दा निकै कम उमेरकी बहिनी रहिछन् । केहीबेर अनलाईन भलाकुसारी भयो । तर उनि कसरी म संग सामाजीक संजालमा जोडिन आईपुगिन मलाई थाहा भएन । कहाँ  भर्खरै कक्षा ११ मा पढ्दै गरेकी एक  किशोरी अनि कहाँको म २५ काटिसकेको पुरुष- गफिन उस्तो मन लागेन । केही दिनपछी मैले उनलाई मेरो बहिनी बन्न प्रस्ताव राखे, उनले सहजै स्वीकार गरिन् । हामी दाजु बहिनीको सिमीतता भित्र रहेर कुरा गर्न थाल्यौ । उनी मलाई सम्मान गर्छिन, र म उनलाई आफ्नै बहिनी ठानेर माया गर्छु ।  मलाई उनको बोली र व्यवहारमा झल्कने निर्दोषपना खुब मनपर्छ, मानौ उनको वालापन अझै सकिएको छैन । आ-आफ्ना सबै कुरा  खोलेपछी हामी नितान्त आत्मिय बनेका छौं । उनि मलाई हरेक कुरा आफ्नै दाजु मानेर बाँड्छिन अनि म पनि कुनै कुरा नलुकाई मेरा कथा बताउँछु । एक भेटको क्रममा मैले उनलाई मेरा ति कविता सुनाए जो ब्लग र फेसबुकका भित्तामा छापिन बाँकि थिए । उनले पनि आफ्ना धेरै कविता मलाई सुनाईन् । कलिलै उमेरमा पनि उनको त्यो लेखन क्षमता देखेर म दंग परे । मैले उनको प्रसंसा पनि गरे । त्यो समय जीवन दर्शनका निकै गहिरा कुरा भए । एकपटक उनले यस्तो प्रश्न सोधिन्  ।

अन्जना : दादा- मान्छे कसरी दुखी हुन्छ ?
म : बहिनी जब हामी आफैबाट छुटेर अरुको सम्पर्कमा ज्यादा रहन्छौ तब दुख शुरुहुन थाल्छ ।
अन्जना : के भन्न खोज्नुभएको दादा ? मैले त कुरै बुझिन !
म :  जब हामी आफु भित्रको खुशी  पहिचान गर्न नसकेर त्यही खुशी अरु कसैबाट अपेक्षा गर्न थाल्छौ नि तब त्यहीबाट दुख शुरु भैहाल्छ । किनकी हामी चाहन्छौ कि अरुकसैले हामीलाई खुशी बनाओस् ।
अन्जना : त्यो कसरी दादा ? सबै मान्छे त आफ्नै लागि बाँचेका हुदैनन् र ?
म : अवस्य हो । समस्या यहीनेर छ बुनु । हामी बाँचेका त आफ्ना निम्ती छौं तर स्वार्थपुर्ति अरुबाट गराउँछौ । अरुबाट बढी अपेक्षा राख्दछौ जुन अपेक्षा पछि पुरा हुन सकेन भने हामी मित्रलाई पनि शत्रुमा बदलिदिन्छौ ।
अन्जना : (...................................)
म : किन चुप भयौ तिमी ?
अन्जना : दादा म यी मानव व्यवस्थाका अस्तव्यस्तता देखेर म चिन्तित छु ।
म : तिमी चिन्तित नहोउ । बरु तिमी आफुमा रहेर बाँच्न सिक ।
अन्जना : यी कुरामा म सायद त्यती परिपक्व छैन होला दादा ।
म : अनुवभ र अभ्यासबाट मात्रै परिपक्वता आउँछ । र जीन्दगी जिउने क्रममा यो स्वत: हुनजान्छ ।
अन्जना : के कसैबाट केही कुराको अपेक्षा राख्नु गलत हो त दादा ?
म: हो धेरै हदसम्म यो गलत छ बुनु । वा अत्याधिक अपेक्षा, यसलाई परनिर्भरताको पराकाष्ठा भन्न सकिन्छ । हामी खुशी हुने निहुमा धेरैजनासंग दोस्ती गर्न खोज्छौ त्योपनि केही अपेक्षा राखेर । अन्तत: ति पुरा नुहुदा हामी दुखी हुनपुग्छौ । हामी जतिधेरै संग जोडिन पुग्छौ त्यतीधेरै नै दुखका कारण पैदा हुन जान्छन् । यद्दपी मैले धेरै जनासंग जोडिदैमा दुख पैदा हुन्छ भन्ने मेरो अर्थ होईन तर हामी हरेकबाट केही न केही अपेक्षा त जरुर राखिहाल्छौ त्यसैले विचलन शुरु भैहाल्छ ।
अन्जना : अनि हामी आफैबाट कसरी छुट्न पुग्छौ दादा ?
म : आफुसंग छुट्न र अरुसंग जोडिन निकै  सजिलो छ । तिमी आफै विचार गरि हेर । आत्मीय संगको बिछोडले हामीलाई कति विचलित बनाउँछ, होईन त ? यसको मतलब यो हो कि हामीमा धेरै अट्याच्मेन्ट छ जसले हामी आफु हुनको वोध हुन दिदैन । हामी दुई कुराले प्राय: दुखी भईनैरहन्छौ । पहिलो कुरा हामी आफुलाई अरुसंग तुलना गर्छौ-यसले कि घमन्ड निम्त्याउछ कि मनोवल कमजोर बनाईदिन्छ तर पनि हामी आफुलाई अरुसंग तुलना गर्न छोड्दैनौ । अर्को कुरा : हामी हमेशा प्रतिश्पर्धाको दौडमा हुन्छौ । पहिलो हुनुको चिन्ताले हामीलाई सदा गाँजिरहेको हुन्छ । हामी आफुलाई सदा फ्रन्ट लाईनमा राखिरहन थाहान्छौ ।
अन्जना :(मुस्कुराएर) : दादा आज कस्तो रमाईलो लागिरहेछ मलाई ।।
म : हरेक पललाई तिमी यसैगरी रमाईलोसंग खुशीसाथ बिताउ, वास्तिवक खुशीको अनुभुती तिमीलाई हुन थाल्नेछ ।

त्यसपछी हामी छुटिन्छौ-भरे अनलाईनमा बोल्ने वाचा गर्दै । उनि मलाई कविता पठाउँछिन । म उनको कविता यतिबेला सम्पादन गरिरहेछु ।

- ब्लगर





No comments:

Post a Comment