तिमी - कविता
-सिर्जु शाह
तिमी त्यो
"सुन्दर "दृश्य हौ!
जहाँ यी "नजर"हरु
जिन्दगीभर
अडिएका थिए,
र यी मुस्कानहरु
खुशी मा "फूलेका" थिए
"चाहाना"हरु
"बुर्कुसि" मार्दै थिए
लक्ष्यहरु उकाली चढदै थिए!
आज पनि तिमी
त्यो सुन्दर पल हौ
"पलपल"
नयनबाट झरिरहन्छ्न,
"पलपल"
ओठहरुमा मुस्कुराईरहन्छन !
No comments:
Post a Comment