Sunday, December 22, 2019

कविता- बुख्याच्याँ

महोदय !
घडीको सुइभन्दा पर बाँचेर
जिर्ण अस्थिपन्जरको संरचनामा
आफुलाई जसोतसो उभ्याएर
धेरै परबाट नियाल्दा
मानवाकृती जस्तै लाग्ने
आजभोलि बुखुच्याँ: जस्तै भएको छु म ।


तपाई के कुरा गर्नुहुन्छ ?
धेरै भिन्नता छ,
हजुरको र मेरो अस्तित्वमा
धेरै अन्तर छ,
हजुरको र मेरो धरातलमा ।

म आफुले त आफैलाई
'म' हुनुको वोध गर्न सक्दिन ।
राखेर हात आफ्नै छातीमा,
आफ्नै हृदयको स्पन्दन महशुस गर्न सक्दिन ।।

तर तपाईं भन्नुहुन्छ,
मैले हजुरको अवमूल्यन गरे भनेर ।
तपाईं दोहोर्‍याईरहनुहुन्छ
मैले हजुरको इज्जत गर्न जानिन ।।

खै कसरी बिर्सनुभो कुन्नी !
अवमूल्यन गर्नलाई नि मुल्य चाहिन्छ ।
इज्जत दिनलाई इज्जत चाहिन्छ ।
अन्ततः हजुर नझुक्किनुहोला,
उ पर कतै किनारमा
किंकर्तव्यविमुढ भएर
एकनासले उभिरहेको
बुख्याच्याँ: म नै हुँ ।

तस्वीर : गुगल 


 Image result for lost in the dark