सम्झन्छु
समयले मलाई सकसमा पार्दा
कति आत्तिएको थिए म
जसरी गरुढको छाँया पर्दा
आत्तिएको हुन्छ सर्प
जीन्दगीले
जब आफ्नो गति लिएपछी
छुटेका ति स्नेही हातहरुले
आज मलाई सिकाईरहेछन
जीवनको अन्तिम अस्तित्व ।
र आज खोलाका
बगरहरुले,
किनाराहरुले,
छालहरुले,
अनि-
साँघुरा गल्लीहरुले
पर्खालहरुले
बटुवा चिन्ने क्यानभाषका भित्ताहरुले
शिषिर याममा सडकमा झरेका राताम्मे पातहरुले
मलाई बोध गराईरहेछन
मेरो गन्तव्य ! मेरो लक्ष्य !!
-रचनाकाल : माघ २२ सवंत २०७५ साल (मंगलवार)
Tuesday, February 5, 2019
Friday, February 1, 2019
"रहर"- कविता
फुलिरहने एउटा रहर
जस्तो बाँच्ने रहर हुँदाहुँदै पनि
चितामा जलिरहन्छ एउटा लास ।
वर्षातमा झरिको थोपा पनि
तल धर्तिमा खस्दै गर्दा सोँच्दो हो
बादल बनेर उडिरहन पाएको भए
तर
गुरुत्वाकर्षणको त्यो नियम
जसलाई नमानी सुखै छैन
झर्नु खस्नु र मर्नु नै त रहेछ आखिर
सबैलाई एकदिन यसैगरी
उमेर स्तम्भका श्रृंखलाहरु चढ्दै गर्दा
कैयौपटक मैले आफ्नै
मृत्युको छाँया देखेको छु
करुणाहीन
ब्याधाले छोेडेको तिर मुटुमा रोपिनु अघि
छटपटिएर प्राण त्याग्नु अघि
जसरी एउटा मृगको अन्तिम चित्कार
विलीन हुन्छ शुन्यतामा
र
आफ्नै हंसले मृत शरिरलाई घन्टौसम्म
चिहाईरहन्छ अभिलाषाका अवशेषहरु छन् कि कतै ?
प्रायश्चितका टाटाहरु कतै छन् कि भनेर
प्रायश्चितका टाटाहरु कतै छन् कि भनेर....।
रचनाकाल : माघ १९ संवत २०७५ साल (शनिबार)
Subscribe to:
Posts (Atom)