Monday, December 31, 2018

तिमी - कविता


-सिर्जु शाह


तिमी त्यो "सुन्दर "दृश्य हौ! जहाँ यी "नजर"हरु जिन्दगीभर अडिएका थिए, र यी मुस्कानहरु खुशी मा "फूलेका" थिए "चाहाना"हरु "बुर्कुसि" मार्दै थिए लक्ष्यहरु उकाली चढदै थिए! आज पनि तिमी त्यो सुन्दर पल हौ "पलपल" नयनबाट झरिरहन्छ्न, "पलपल" ओठहरुमा मुस्कुराईरहन्छन !

Sunday, December 30, 2018

मोवाईल ह्याङ भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस् ।

आजभोली धेरैजसो हामी android phone अथवा Smartphone प्रयोग गर्ने गर्दछौ जसबाट धेरै कुरा छिटो छरितो सम्पन्न गर्न सकिन्छ । दिन प्रति दिन स्मार्ट फोन कम्पनीले नया नया फिचर्स सहित नया ब्रान्डका स्मार्ट फोनहरु सार्वजनीक गर्ने गर्दछ । तपाँले अहिले प्रयोग गरिरहेको पनि पक्कै पनि स्मार्ट फोन हुनुपर्छ । यसमा भएका फिचर्स संगसंगै केही समस्या पनि छन जसले तपाँईलाई तनाव दिइरहेको पनि हुनसक्छ । आउनुहोस आज हामी यसैबारे चर्चा गर्ने छौ ।

हामिले प्रयोग गर्ने स्मार्ट फोनको पनि हार्डवेर कन्फ्युगिरेसन झण्डै कम्प्युटर संग मिल्दोजुल्दो हुन्छ । जस्तै यसमा प्रयोग हुने प्रोसेसर र्याम आदि । हरेक स्मार्ट फोन छिटो चल्न जति प्रोसेसरको  हुन्छ त्यत्ति नै  Random Access Memory (RAM) को पनि उत्तिकै भुमिका हुन्छ । त्यसैले नया स्मार्टफोन खरिद गर्नुभन्दा पहिले यसमा RAM र Processor को क्षमता के कति छ त्यो निश्चित गरेर मात्र खरिद गर्नुहोस् । मुख्यकुरा स्मार्टफोनको processing speed निकै फास्ट हुन RAM, Processor अनि Storage Capacity मा भरपर्छ  किनकी RAM र Processor को क्षमता मात्र बढी हुदैमा तपाईको मोवाईल छिटो चल्छ भन्ने हुदैन । जति तपाईको मेमोरिमा स्पेस हुन्छ त्यति धेरै नै मोवाईलको प्रोसेसिङ स्पिड छिटो हुन्छ । त्यसैले स्मार्ट फोनको छिटो फङ्सनिङको लागी मुख्यतया र्याम डाटा भण्डारण क्षमता र प्रोसेसर माथि निर्भर गर्छ ।

ह्याङ्ग भएमा के गर्ने ?

  • सबैभन्दा पहिले रिसेन्ट एप्सहरुलाई  बन्द गर्नुहोस् । संभव भए अनावस्यक एप्सहरु हटाउनुहोस् ।
  • बेलाबेलामा Junk files हरु हटाउनुहोस् । यस्ता प्रकारका फाईलहरुले तपाईको स्मार्ट फोनको कार्य क्षमतालाई असर गर्ने गर्दछ । जन्क फाईलहरु डिलीट गर्ने एप् गुगल प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ । जस्तै : Junk File Cleaner, CCleaner, DU Speed Booster etc.
  • ईन्टरनेटको कारण पनि कहिलेकाही ह्याङ् हुन सक्छ यदी यसो भएमा Wifi बन्द गरेर मोबाईल restart गर्नुहोस् ।
  • यदी माथिका यी सबै तरिका अपनाउदा पनि नभएमा एक पटक तपाईको फोनमा प्रयोग भएको SD Card लाई scan गरी मोवाईललाई पुर्णतया format गर्नुहोस् । 

Saturday, December 29, 2018

भर्चुअल लभ -कविता

भर्चुअल लभ                -घनश्याम अस्तित्व (हाल प्युठान)
                                 
  
मोबाइल बजिरहेछ यतिबेला
अनलाइन आगमनको सन्देश बोकेर...
माटोमा बेल्चा धसे झैँ
पनियो धसेर राइसकुक्करमा
श्रीमतीले निकालेको थप
आहाराको कुरा छोडौ
मैले त छोडिसक्नु परेको छ
 खाँदाखाँदैको गास पनि

(यतिबेला मैले बिर्सन्छु
मेरो हतारोको आगोले
जलिरहेकि श्रीमति हेर्न पनि )

अब उघार्छु - नेट गेट
पस्छु - अनलाइन रूममा
 र छिर्छु - फेसबुक दुनियातिर
धेरै भइसकेको छ - म जन्मिएको
 त्यसैले फराकिलो छ यो फेसबुक दुनिया पनि
 अब मैले समाउछु - च्याट रोडलाई हिँड्दाहिँड्दै ऊ भेटिएपछि –
चिमोट्छु बेसरी र अक्षरहरू प्रेम बोल्छन् - मौन भाषामा

"खाना खायौ ?"
- आधा खाए
"किन ?" -आधा तिम्रो मिसकलले अघाए  
 ............... (के-के हो ? के-के ?)

बोलाइसकेपछि उसले
म भिडियो कलको झ्याल भएर छिर्छु
उसको कोठामा

मुश्कानको बदलामा मुश्कान
हगको बदलामा हग
किसको बदलामा किस के के हो ?
के के हो ? ....... हैट् ।

" जुनेली, जुनेली " भन्दै मातेको स्वरमा 
ढोका ढक्ढक्याएपछि
 उसको श्रिमानले एकाएक भाग्दिइ ऊ अफलाइनमा
 ( रियल दुनियातिर... )

हैट् ! कस्तो प्रेम ! कस्तो जिन्दगी ! 
( हातले टाउको हानिसकेछ ।)
झ्यापझुप अँध्यारो हुलेर - अनलाइन रूममा
म निस्कन्छु र पस्छु - उज्यालो कोठातिर
रिसाउदै निदाएको बहानामा भित्ता फर्केर पल्टेकि छे
 श्रिमती फकाउछु अब उसलाई 
यो सब उत्तेजना खन्याउनुछ मैले पनि ।
Image result for virtual love
                                






Friday, December 28, 2018

जिन्दगीको अनुवाद - कविता

                       
                                                                     -सुमिना 'अभिलाषी' (बुटवल रुपन्देही)                                                                           
 सखारैदेखी दिवा अपराह्न रात्री सम्म किन हैरान गर्छन् यी भावनाहरू ?
उच्छ्वासहरू , सवेदनाहरू 
आक्रान्त , ज्वलन्त , हृदयवेधी
 हमलाहरू उफ्फ ! 

 कति मार्मिक छ जिउनु ? 
 जिवनका दस्तावेजहरू पल्टाउदा- पल्टाउदै  
रिंगन थाल्छन् मथिंगल भरी 
मध्य पृष्ठका भयाक्रान्त अक्षरहरू 

 अनि रोकिन मन लाग्छ 
 छ्या के गर्नु यो झमेला यार !
 साँच्चिकै जोखिम छ जिन्दगी पढ्नु । 

 यसैगरी सिथिल हुन्छन् कहिलेकाही
 बिचारको म्याराथनमा
 भाग्दा - भाग्दै
 र मस्तिष्कको मैदानमा
 अनायास लर्खराउछन् मेरा चेतनाका पैतलाहरू 
 अनि समिपमा उडिरहेको चुरोटको धुँवामा
 धमिल भएको चेतना एकाएक गर्न थाल्छ टेबल छेँउ एस्ट्रेमा संकलित 
निभ्नु अघिका चुरोटका ठुँटा संग जिन्दगीको सटिक अनुवाद ।