त्यो रात दिल
खोलेर आकाश रोएपछी
बादलको घुम्टो
पन्छाएर 'जून' मुस्कुराएथ्यो
र मैनवत्तिको मधुरो
प्रकाशमा
एउटा कविता लेखेथे
आज त्यही कवितामा
पाउदैछु - आफ्नै प्रतिविम्व
मेरा
स्मृतिका विस्मृत श्रीङ्खलाहरुमा ।
अहो ! समयले पनि कति छिट्टै रंग फेरिसकेछ
कति
छिटै फेरिएछन पालुवाहरु
कति छिटै बदलिएछन्
यी मान्छेहरु
तर
बदलिएनन्
यी पिडाका
शृङ्खलाहरु
फेरिएनन्
कालकोठरीका चिसा रातहरु
पलाएनन्
फेरि उमंगका टुसाहरु
।
मात्र
दुखका प्रकार फेरिए,
आँसु खसाल्ने शैली
फेरियो ।
केवल चोट दिने
पात्रहरु फेरिए ।
हृदयलाई मैन बनाएर
सोच्दै छु
म पनि त्यो पत्थरको
शालिक भैदिएको भए
कम्तिमा
बाच्नुपर्ने थिएन होला
आखाभरी समुन्द्र
बोकेर
छातिभरी पहिरो बगाएर
हृदयभरी ज्वालामुखी फुटाएर
हिजो फेरी त्यसैगरि
गर्जीयो आकाश
भयो काला बादलहरुको
घमासान युद्दपछि - अतिवृष्टी
फेरि सिन्चित भए धुजाधुजा गरि फाटेका जमिनहरु
पखालियो
धुलाम्मे सडक र मुक वृक्षहरु ।
फरक यत्ति छ,
पहिले
तिमी थियौ,
आज मौनता छ
पहिले तिमी फुल्थ्यौ,
आज क्याक्टस फुलेको
छ
चुपचाप चुपचाप मेरा
कहानी सुनिदिने बहिरा भित्ताहरु छन्
आर्यघाट जस्तै
लाग्ने एष्ट्रे छ
वस् !
फोक्सोले
कर्तव्य बिर्सेको छैन
रक्तसञ्चार रोकिएको
छैन ।।